Logo ४ श्रावण २०८३, सोमबार | Tue Jul 21 2026


अधिवेशन नतिजा विवाद : रास्वपा केन्द्रीय कार्यालयबाहिर कार्यकर्ताले गरे प्रदर्शन


780
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयबाहिर बाराको कलैया उपमहानगरपालिकाका कार्यकर्ताले आइतबार प्रदर्शन गरेका छन् ।

नगर अधिवेशनको निर्वाचन परिणाम विवादित बनेपछि उनीहरूले पारदर्शिता र निष्पक्ष निर्णयको माग गरेका हुन्।

कार्यकर्ताका अनुसार, उमाशंकर रौनियार १२४ मतसहित सभापतिमा निर्वाचित भई शपथग्रहणसमेत सम्पन्न भइसकेको अवस्थामा पुनः निर्वाचन गराउने सूचना जारी गरिएको थियो।

उनीहरूले उक्त निर्णय विधानविपरीत रहेको भन्दै पार्टी नेतृत्वसँग स्पष्ट जवाफ माग गरेका छन्। साथै, अधिवेशन प्रक्रियालाई पारदर्शी र विधानसम्मत बनाउनुपर्ने मागसमेत गरेका छन्।