Logo २४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026


रास्वपा बैतडीको सभापतिमा भीम नाथ निर्वाचित


52
Shares

बैतडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम नाथ चयन भएका छन् ।

प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा उनी सभापतिमा दोहोरिएका रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशीले जानकारी दिए ।

यस्तै, उपसभापतिमा हेमन्तकुमार ऐर, सचिवमा हरिश जोशी र सहसचिवमा जनकबहादुर गडाल चयन भएका छन् ।

सदस्यहरूमा शालिभानसिंह धामी, पूजा महर, करणसिंह सुतार, मानमती नाथ, सुरेश विष्ट र बबिता साउद चयन भएका छन् । कोषाध्यक्ष भने नयाँ कार्यसमितिले पछि मनोनयन गर्ने जनाइएको छ ।