Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


सुनचाँदीको मूल्य ह्वात्तै घट्याे


91
Shares

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ।

गत शुक्रबार तोलामा दुई हजार एक सय रूपैयाँले घटेको सुनको मूल्य आइतबार प्रतितोला ८ हजार दुई सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला ३ लाख ८ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ।शुक्रबार सुन प्रतितोला तीन लाख ९ हजार रूपैयाँमामा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी शुक्रबार प्रतितोला पाँच हजार दुई सय ३० रूपैयाँमा कारोबार भएको थियाे । चाँदी आइतबार तोलामा चार हजार आठ सय ९५ रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला तीन सय ३५ रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस चार हजार तीन सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।

Skip This