एजेन्सी । पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी अमेरिकाको तर्फबाट थप कूटनीतिक वार्ताका लागि इरानको राजधानी तेहरान पुग्नुभएकाे छ ।
इरानी अर्धसरकारी समाचार संस्था तस्निमले भ्रमणका क्रममा नक्वीले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाएकाे हाे । भेटमा क्षेत्रीय सुरक्षा अवस्था, अमेरिका–इरान सम्बन्ध तथा पछिल्ला तनावकाे बारेमा छलफल हुने अपेक्षा गरिएको छ । त्यस्तै, अर्धसरकारी इरानी विद्यार्थी समाचार एजेन्सी (आईएसएनए) ले गृहमन्त्री नक्वीले पाकिस्तानका सेना प्रमुख असिम मुनिरद्वारा इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीलाई पठाइएको पत्र पनि साथमा ल्याएको जनाएको हाे ।
गत मार्च महिनामा पदभार ग्रहण गरे यता सर्वोच्च नेता खामेनी सार्वजनिक रूपमा खासै देखिनुभएकाे छैन । यो नयाँ चरणको वार्ता अमेरिका–इरान युद्धपछि उत्पन्न क्षेत्रीय तनावकाबीच पाकिस्तानले आफूलाई मध्यस्थकर्ताको भूमिकामा प्रस्तुत गर्ने प्रयास गरिरहेको समयमा भएको हो ।










प्रतिक्रिया दिनुहोस्