काठमाडाैं । पूर्वगृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।
छानबिन समितिका संयोजक अच्युतमप्रसाद भण्डारीले प्रतिवेदन शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउनुभएको हो ।गत वैशाख २८ मा पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणी नेउपाने सदस्य रहेको समिति गठन भएको थियो । छानबिन समितिले गुरुङसँग बयान लिएर प्रतिवेदन तयार पारेको हो ।
व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको शेयर किनेको विषयमा समितिले छानबिन गरेको हो । भट्टको कम्पनीमा नाम जोडिएपछि गत वैशाख ९ गते गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्