काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जानुहुने भएकाे छ ।
यसअघि मन्त्री खनाल शनिबार भारत जाने तय भएकोमा भ्रमणका तालिका एक दिन अघि सारेर शुक्रबारदेखि २४ गतेसम्म तय भएको परराष्ट्र मन्त्रालयले जनाएको हाे। भारतका विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनालले शुक्रबादेखि आइतबारसम्म भारतको औपचारिक भ्रमण गर्ने मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै जानकारी गराएकाे थियाे ।
भारतीय विदेशमन्त्री जयशंकरसँग हुने भेटवार्तामा दुई पक्षीय ब्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा र जनस्तरको सम्बन्ध लगायतका विषयमा छलफल हुने समेत मन्त्रालयले जनाएकाे छ । साथै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने भारतको पाँच दिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्किनु हुने भएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्