Logo २१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026


जिल्ला समन्वय समितिलाई प्रभावकारी बनाउन आवश्यक छ : सभामुख अर्याल


117
Shares

काठमाडौं ।
सभामुख डिपी अर्यालले संघियताको अभ्यासलाई थप परिपक्व, उत्तरदायी र परिणममुखी बनाउने चरणमा प्रवेश गरेको बताएका छन् ।

जिल्ला समन्वय समिति काभ्रेको नवौं जिल्ला सभाको उद्घाटन गर्दै उनले तीन तहका सरकारबिच सहकारीता, सहअस्तित्व र समन्वयलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले संघीयताको सफलता कागजमा लेखिएका अधिकारबाट नभई जनताको जीवनमा ल्याएको परिवर्तनबाट मापन गरिने बताए । सभामुख अर्यालले जिल्ला समन्वय समितिको भुमिकालाई समयानुकल थप सुदृढ, प्रभावकारी र परिणममुखी बनाउन आवश्यक रहेको पनि बताएका छन् ।

स्थानीय तहबीच समन्य र सहजीकरणका लागि समन्वय समितिले विशिष्ट भरुमिका निर्वाह गर्दै आएको उनको भनाई छ । जिल्ला समन्वय समितिको भू्िमका, प्रभावकारिता र औचित्यमाथी प्रश्न उठीरहेको भन्दै उनले लोकतान्त्रिक व्यवस्थामा यस्ता बहसहरु स्वभाविक भएको बताए । संस्था रहने वा नरहने भन्दा पनि यसले जनताको हितमा कति प्रभावकारी योगदान पुर्याएको छ त्यो महत्वपूर्ण रहेको सभामुख अर्यालले बताए ।

सोहि अवसरमा जिल्ला समन्वय समिति काभ्रेले विपद् व्यवस्थापनमा योगदान पु¥याएको भन्दै जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा विभिन्न पालिकालाई सम्मान गरेको छ । विपद्का समयमा सुरक्षा निकाय, स्थानीय तह तथा नागरिकले समन्वय र सहकार्य गर्दै राहत तथा उद्धार कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

जिल्ला सभाले आर्थिक वर्ष २०८३-८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रम अनुमोदन तथा पारित गरेको छ । प्रस्तावहरू जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतमले सभामा प्रस्तुत गरेका थिए ।