काठमाडाैं । कास्कीको पोखरा महानगरपालिका–२१, निर्मलपोखरीस्थित फोहोर व्यवस्थापनस्थलमा बिहीबार शंकास्पद वस्तु भेटिएको छ ।
त्यहाँ सकेट बमजस्तो वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ । महानगरपालिकाको ग१ख ५४३७ नम्बरको गाडीमार्फत रातो पहिरो क्षेत्रबाट फोहोर संकलन गर्ने क्रममा उक्त वस्तु फेला परेको हो ।
फोहोरमा कवाडी खोज्ने क्रममा एक व्यक्तिले उक्त वस्तु भेटेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्