Logo २१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026


कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल गरिने

0
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बिहीबार बस्ने भएको छ ।

समितिका सचिव दिनेश थापामगरले एक विज्ञप्ति जारी गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसाे १ बजे बस्ने गरी बिहीबारका लागि बैठककाे आह्वान गरिएकाे बताउनुभएकाे हाे। बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई अनुराेध गरिएकाे छ।

सचिव थापामगरले बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताउनुभयाे ।