Logo २० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026


वीरगञ्ज नाका हुँदै १० महिनामा २० अर्ब ७९ करोड रूपैयाँको खाद्यान्न आयात

गत वर्षकाे तुलनामा ३ अर्ब ८७ करोड रूपैयाँले आयातमा कमी

0
Shares

काठमाडाैं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा २० अर्ब ७९ करोड मूल्यको खाद्यान्न आयात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयले गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा यो नाका हुँदै हुने आयात मूल्यमा ३ अर्ब ८७ करोड अर्थात् १५ प्रतिशतले गिरावट आएको जनाएकाे हाे । कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत वर्षको १० महिनामा २४ अर्ब ६६ करोड मूल्य पर्ने १६ थरिका खाद्यान्न आयात गरिएको बताउनुभयाे।

चालु आर्थिक वर्षमा १० अर्ब ९४ करोड मूल्य पर्ने धान, पाँच अर्ब ३१ करोड मूल्यको मकै आयात र दुई अर्ब ८५ करोडको चामल आयात भएको छ । त्यसैगरी ५९ करोड मूल्यको माल्ट, ३३ करोड मूल्य बराबरको फापर, कोदो र अन्य खाद्यान्न आयात भएको भन्सार कार्यालयले जनाएकाे हाे।