Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


नेपाली बजारमा सुनचाँदीकाे मूल्य आज कति छ त ?


26
Shares

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।

मंगलबार तोलामा चार सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला तीन लाख ११ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ। चाँदी मंगलबार प्रतितोला पाँच हजार चार सय पाँच रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी बुधबार तोलामा पाँच हजार तीन सय ७० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला ३५ रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा बुभबार सुन प्रतिऔंस चार हजार चार सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।