एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी जुलाई २४ तारिखमा आयोजना हुने ह्वाइट हाउस संवाददाताहरुको डिनरमा आफूले सम्बोधन गर्ने घोषणा गर्नुभएको छ ।
गत अप्रिल २५ तारिखमा वासिङ्टन हिल्टन होटलमा आयोजित मुख्य समारोहको सुरक्षा जाँच केन्द्र बाहिर गोली चलेपछि रोकिएको कार्यक्रम जुलाई २४ मा आयोजना गर्न लागिएको हो । राष्ट्रपति ट्रम्पलाई लक्षित गरी गोली चलाएको आरोपमा क्यालिफोर्नियाका ३१ वर्षीय कोल एलेन पक्राउ परेका छन् । उनले आफूमाथि लागेको हत्या प्रयासको आरोप अस्वीकार गर्दै आएका छन् ।
ह्वाइट हाउस संवाददाताहरुको संगठनले यस पटक कडा सुरक्षा व्यवस्थाका साथ एउटा छुट्टै र सुरक्षित स्थानमा रात्रीभोज पुनः आयोजना गर्ने निर्णय गरेको हो । यस घोषणालाई राष्ट्रपति ट्रम्पले मिडियाको साहस र दृढताको प्रतीक भन्दै प्रशंसा गर्नुभएको छ । एसोसिएसनले नयाँ कार्यक्रम स्थल गोप्य राखे पनि राष्ट्रपति ट्रम्पले यो कार्यक्रम वासिङ्टनस्थित प्रख्यात ‘वाल्डोर्फ एस्टोरिया’ होटलमा हुन लागेको खुलासा गर्नुभएको छ ।
साेही होटल सन् २०१६ देखि २०२१ सम्म राष्ट्रपति ट्रम्पकै स्वामित्वमा रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्