Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक भाेलि बस्दै


13
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यहि जेठ २१ गते बिहीबार बस्ने भएको छ ।

समितिका सचिव दिनेश थापामगरले एक विज्ञप्ति जारी गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बिहीबारका लागि बैठककाे आह्वान गरिएकाे बताउनुभएकाे हाे। बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई अनुराेध गरिएकाे छ।

सचिव थापामगरले बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताउनुभयाे ।