Logo १९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026


बढ्याे आज पनि सुनचाँदीको मूल्य


39
Shares

काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ।

सोमबार तोलामा दुई सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला चार सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला तीन लाख ११ हजार तीन सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। सोमबार सुन प्रतितोला तीन लाख १० हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी सोमबार प्रतितोला पाँच हजार तीन सय ५५ रूपैयाँमा कारोबार भएको थियाे । चाँदी मंगलबार तोलामा पाँच हजार चार सय पाँच रूपैयाँमा कारेाबार भइरहेको छ। यो मूल्य साेमबारको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार पाँच सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।