Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


स‌घीय संसद् अन्तर्गत दुवै सदनकाे बैठक आज पनि बस्दै (कार्य-सूचीसहित)

बैठकको मुख्य एजेण्डा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गरि‌ने

39
Shares

काठमाडौं । स‌घीय संसद् अन्तर्गत प्रतिनिधि र राष्ट्रियसभाका दुवै सदनकाे बैठक मंगलबार पनि बस्ने भएको छ ।

प्रतिनिधिसभाकाे बैठक मंगलबार दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएकाे हाे । बैठकको शुरुमा सम्माननीय सभामुख डीपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनु हुने भएकाे छ ।

बैठकको मुख्य एजेन्डाका रूपमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथिको छलफल रहने भएकाे हाे। कार्यसूची अनुसार माननीय अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएकाे छ ।

अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरेसँगै सदनमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल शुरु हुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएको छ।

त्यस्तै, राष्ट्रियसभाको बैठक पनि मंगलबारै दिउँसो सवा १ बजे बस्ने भएकाे छ। बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूचीमा रहेकाे हाे । त्यस्तै, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे सचिवालयले जनाएकाे छ।

बैठकमा अर्थमन्त्री डावाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल शुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने र छलफल शुरु गर्ने कार्यसूची रहेकाे हाे ।