Logo १८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026


संघीय संसद अन्तर्गत प्रतिनिधिसभाकाे बैठक आज पनि बस्दै (कार्यसूचीसहित)

संसदमा प्रस्तुत आर्थिक वर्षकाे बजेटमाथि छलफल गरिंने

0
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक साेमबार पनि बस्दैछ ।

संसद सचिवालयले सिंहदरबारमा बैठक साेमबार दिउँसो १ बजेदेखि शुरु हुने जनाएकाे हाे । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत शुक्रबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ । कार्यसूची अनुसार अर्थमन्त्री वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३–०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएकाे हाे ।

त्यसैगरी, बैठकमा आर्थिक वर्ष २०८३–०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने सचिवालयले जनाएकाे छ ।