एजेन्सी । श्रीलंका सरकारले पेट्रोल र डिजेलको मूल्य करिब ६ प्रतिशतले बढाएको छ ।
समाचार संस्था एएफपीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को आर्थिक सुधार योजना अनुरूप लागत अनुसार मूल्य समायोजन गर्ने र सरकारी अनुदान क्रमशः हटाउने उद्देश्यले साेही निर्णय गरेको जनाएको हाे । राज्य सञ्चालित इन्धन कम्पनीले पेट्रोलको मूल्य प्रतिलिटर ४ सय १० बाट ४ सय ३४ र डिजेलको मूल्य ३ सय ९२ बाट ४ सय ७ श्रीलंकाली रुपैयाँ कायम गरिएकाे जानकारी दिएकाे छ।
आईएमएफले श्रीलंकालाई दिएको २ अर्ब ९० करोड रुपैयाँ अमेरिकी डलरको राहत प्याकेज अन्तर्गत ६९ करोड ५० लाख डलरको किस्ता जारी गरेको केही दिनपछि सरकारले इन्धनकाे मूल्य बढाएकाे हाे । राष्ट्रपति अनुरा कुमार दिसानायकेले आईएमएफलाई पठाउनुभएको पत्रमा आगामी सेप्टेम्बरसम्म इन्धन अनुदान पूर्णरूपमा हटाइने उल्लेख गरिएकाे छ ।
विश्लेषकहरूले मध्यपूर्वको तनावले ऊर्जा आपूर्तिमा असर पुग्दा आयातमा निर्भर श्रीलंकाको अर्थतन्त्रमा थप दबाब परेको बताउका हुन् । सन् २०२२ मा ४६ अर्ब डलर विदेशी ऋण तिर्न नसकेर आर्थिक ‘डिफल्ट’ भएयता श्रीलंकाआईएमएफको सहयोगमा अर्थतन्त्र स्थिर बनाउने प्रयासमा रहेकाे छ ।










प्रतिक्रिया दिनुहोस्