Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


नेपालले भारतको सीमा मिचेको प्रधामन्त्रीको भनाइप्रति कांग्रेसको आपत्ति


689
Shares

काठमाडाैं । नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको भनाइप्रति प्रमुख प्रतिपक्षी दल कांग्रेस आपत्ति जनाएको छ।

आइतबार संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै शाहले लिपुलेक, लिम्पियाधुरासहितको सीमा विवादमा समाधानका लागि प्रयास भइरहेको जानकारी दिँदै नेपालले पनि भारतीय सीमा अतिक्रमण गरेको बताएका थिए।

शाहले आफू प्रधानमन्त्री भएपछि नेपालले पनि भारतको सीमा मिचेको जानकारी पाएको बताएका हुन्। उनले भने, ‘मैंले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ नेपालले पनि भारतको सीमा मिचेको रहेछ।’

त्यसप्रति कांग्रेसकी प्रमुख सचेतक वासना थापाले आपत्ति जनाउँदै सदनलाई थप जानकारी दिन माग गरेकी हुन्।