Logo १७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026


इजरायली प्रधानमन्त्री बेन्जामिनद्वारा लेबनानका ७ गाउँका बासिन्दाको लागि नयाँ निकासी आदेश जारी

दक्षिण लेबनानमा निरन्तर रूपमा इजरायली सेनाकाे आक्रमण जारी

0
Shares

एजेन्सी। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार दक्षिणी लेबनानका सात वटा गाउँका बासिन्दाहरूको लागि नयाँ निकासी आदेश जारी गरेको बताउनुभएकाे छ।

उहाँले इजरायली सेनाले साेही आदेश जारी गरेको बताउनुभएकाे हाे । पछिल्लो चेतावनी दुई देशका सैन्य प्रतिनिधिमण्डलहरूले वासिङ्टनमा ऐतिहासिक सुरक्षा वार्ता गरेको एक दिनपछि आएको हो । इजरायलले दक्षिण लेबनानमा निरन्तर आक्रमण जारी राखेको छ । लेबनानी राष्ट्रपति जोसेफ औनले अमेरिकी विदेश मन्त्री मार्को रुबियोसँगको फोनवार्तमा युद्धविरामका लागि सबै प्रयासहरू गर्न आवश्यक रहेको कुरामा जोड दिनुभएकाे छ ।

इजरायल र तेहरान समर्थित हेजबुल्लाह बीचको लडाइँ रोक्नको लागि आधिकारिक रूपमा गत अप्रिल –१७ देखि लागू भएको युद्धविरामको बाबजुत पनि आक्रमण जारी रहेको छ । इजरायल र हेजबुल्लाह दुवैले एक-अर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् । शनिबारका लागि जारी गरिएको इजरायली सेनाको निकासी आदेशमा नबातीह नजिकैका केही गाउँहरू समावेश रहेको छ । हेजबुल्लाहले उत्तरी इजरायली सहर किर्यात शमोनामा रकेट प्रहार गरेको जनाएकाे हाे ।

हेजबुल्लाहले दक्षिणी लेबनानको घन्डोरीयेह नजिकैका इजरायली सैनिकहरूमाथि आक्रमण गरी उनीहरूलाई पछि हट्न बाध्य पारेको र उत्तरी इजरायलको सैन्य आधारमा रकेट प्रहार गरेको दावी गरेकाे छ।