Logo २५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026


विद्युतमा कर लगाएर उपभोक्ता निरुत्साहित गरियो : कुलमान घिसिङ


91
Shares

काठमाडौँ । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङ ले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत भ्याट लगाउने निर्णय उपभोक्ता र ऊर्जा रूपान्तरणको लक्ष्यविपरीत रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने समयमा सरकारले अतिरिक्त कर लगाएर उपभोक्तालाई निरुत्साहित गरेको आरोप लगाए। उनले यस्तो निर्णयले घरायसी खर्च बढाउनुका साथै विद्युतीय उपकरणको प्रयोग घटाएर एलपी ग्यासमा निर्भरता बढाउन सक्ने बताए।

घिसिङले स्वदेशी विद्युतको खपत बढाउन उपभोक्तामैत्री नीति आवश्यक रहेको उल्लेख गर्दै विद्युतमा लगाइएको अतिरिक्त ५ प्रतिशत कर तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।