काठमाडाैं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको दावी गर्नुभएको छ ।
यद्यपी उपराष्ट्रपति भान्सले युद्धकाे बारेमा सम्झौता हुनुअघि अमेरिका र इरानबीच अझै धेरै पेचिला मुद्दा समाधान गर्न बाँकी रहेको बताउनुभएको बीबीसीले जनाएको हाे । सम्झौतामा युद्धविरामलाई ६० दिनका लागि विस्तार गर्ने र इरानको परमाणु कार्यक्रमको भविष्यका बारेमा वार्ता शुरू गर्ने उल्लेख गरिएकाे छ ।
यसअघि बिहीबार अमेरिकी अधिकारीहरूले दुई देशले सम्झौताको एक खाले ढाँचामा सहमति भएको बताएका बीबीसीले जनाएको हाे । तर यसकाे बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वले स्वीकृति दिइसकेका छैनन् । इरानी अर्धसरकारी समाचार संस्था तस्निमले साेही सम्झौतालाई अन्तिम स्वरूप नदिइएको वा पुष्टि नभएको जनाएकाे हाे ।
गत अप्रिल महिनाको शुरूमा युद्धविराममा सहमति भएको थियो ।त्यसबेलादेखि अमेरिका र इरानले दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता गरिरहेका छन् । यसैबीच अमेरिका र इरानले एक-अर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् । जसले युद्ध अन्त्यका लागि भइरहेको प्रयासलाई प्रभावित गरेको छ ।
गग फेब्रुअरी २८ तारिखमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि पश्चम एशियामा तनाव कायमै रहेकाे हाे ।










प्रतिक्रिया दिनुहोस्