Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट १४ जना पुरस्कृत

राज्यबाट प्राप्त सम्मानले कृषि पेशाप्रति थप ऊर्जा, उत्साह र मनोबल बढाएको कृषककाे प्रतिक्रया

377
Shares

काठमाडाैं । सरकारले देशभरबाट १४ जना उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ ।

शीतल निवासमा शुक्रबार एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनही दुई लाख रुपैयाँ पुरस्कारसहति उत्कृष्ट १४ जनालाई सम्मान गर्नुभएको हो । सम्मानित हुने कृषकहरु प्रदेशगत रुपमा देशभरबाट छनोट गरिएको कृषि मन्त्रालयले जनाएको छ । कार्यक्रममा सम्मानित कृषकहरूले राज्यबाट प्राप्त सम्मानले कृषि पेशाप्रति थप ऊर्जा, उत्साह र मनोबल बढाएको बताएका छन् ।

कृषक वसन्तराज अवस्थीले राज्यको तर्फबाट प्राप्त यो सम्मान कुनै एक किसानको नभई सम्पूर्ण नेपाली किसानको सम्मान भएको बताउनुभयो । उहाँले खेतबारीमा पसिना बगाउने किसानको योगदानलाई सरकारले पहिचान गरेको अनुभूति भएको बताउँदै यस्ता पुरस्कारले कृषि पेशालाई मर्यादित, सम्मानित र आकर्षक पेशाका रूपमा स्थापित गर्न सहयोग पुग्ने धारणा राख्नुभएकाे छ। उहाँले कृषि क्षेत्रमा रहेको सम्भावनालाई उजागर गर्दै युवा पुस्तालाई कृषि पेशातर्फ आकर्षित गर्न आफू निरन्तर लागिरहेको समेत बताउनुभयाे।

सरकारले कृषि नीतिमा केही सुधार गर्दै व्यवसायिक र वैज्ञानिक कृषि नीति अवलम्वन गरे मात्र कृषि पेशाको पुस्तान्तर सम्भव हुने कृषक अवस्थीले बताउनुभएकाे छ ।