Logo १५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026


देशका-सातै प्रदेशमा आज पनि मध्यम वर्षा र हिमपात हुँदै


26
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

शुक्रबार बिहान देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको हाे। साथै बाँकी तराई भू-भागमा भने आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यम सम्मको वर्षा भैरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, शुक्रबार दिउँसो भने देशैभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, मधेश, कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली-तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको हाे । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

त्यस्तै, शुक्रबार राति भने लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे। साथै बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम, लुम्बिनी, कर्णाली , बागमती, गण्डकी, कोशी र मधेश प्रदेशका पहाडी तथा हिमाली-तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको हाे ।

देशका तराई र पहाडी भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।