Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


एशियन गेम्स छनोटमा आज नेपालले इन्डोनेसियाकाे सामना गर्दै

दोस्रो जितसहित सेमिफाइनलमा पुग्ने नेपालकाे लक्ष्य

13
Shares

काठमाडौं । एशियन गेम्स अन्तर्गत महिला क्रिकेट छनोटमा शुक्रबार नेपालले इन्डोनेसियाको सामना गर्ने भएकाे छ।

खेल मलेसियाको बायोमास ओभलमा बिहीबार बिहान पाैने १२ बजेदेखि नेपाल र इन्डोनेसियाबीच प्रतिस्पर्धा हुने भएकाे हाे । नेपाल इन्डोनेसियालाई पराजित गर्दै लगातार दोस्रो जितसहित सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिने भएकाे छ।

नेपालले आफ्नो पहिलो खेलमा चीनलाई बुधबार १९ रनले पराजित गरेको थियो । यता, इन्डोनेसिया पनि जित निकाल्दै सेमिफाइनल सम्भावनालाई जिवितै राख्ने लक्ष्यमा छ । यो खेलमा इन्डोनेसिया विजयी भए समेमिफाइनल पुग्ने टोलीको टुंगो नट रनरेटले लगाउने भएकाे हाे ।

इन्डोनेसियाले पहिलो खेलमा चीनसँग तीन विकेटको हार व्यहोरेको थियो । हाल समूह ‘बी’ मा नेपाल दुई अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानको चीनको पनि दुई अंक नै छ । इन्डोनेसियाले अंक जोड्न सकेको छैन ।

नेपाल र इन्डोनेसियाले सात वर्ष तीन महिनापछि प्रतिस्पर्धा गर्न लागेका हुन् । महिला टी–२० अन्तर्राष्ट्रियमा यी टोलीले हालसम्म एक पटक मात्र प्रतिस्पर्धा गरेका छन् ।

सन् २०१९ मा भएको एक मात्र भेटमा नेपालले ९२ रनको सहज जित दर्ता गरेको थियो ।