Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


दक्षिणी लेबनानका ठूला भू-भाग खाली गर्न इजरायली सेनाको आदेश

इजरायल–लेबनानबीचकाे सीमामा ठूलो सैन्य तनाव र पुनः व्यापक विस्थापनको खतरा बढ्याे

0
Shares

एजेन्सी। इजरायली सेनाले दक्षिणी लेबनानका विशाल क्षेत्रलाई ‘युद्ध क्षेत्र’ घोषणा गर्दै त्यहाँका बासिन्दालाई तत्काल खाली गर्न आदेश दिएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले जहरानी नदी भन्दा उत्तरतर्फ सर्न स्थानीयलाई आग्रह गर्दै हिजबुल्लाहविरुद्ध ‘अझ सशक्त सँग’ रुपमा कारबाही गरिने चेतावनी दिएको हो । गत अप्रिल १७ तारिखमा लागू भएको युद्धविरामपछि यो सबै भन्दा ठूलो विस्थापन आदेश मानिएको छ ।

यस दक्षिणी क्षेत्रले लेबनानको करिब १४ प्रतिशत भू-भागलाई समेटेको जनाइएको छ । इजरायलले हिजबुल्लाहले पटक–पटक युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । उता हिजबुल्लाहले भने उल्टै इजरायलमाथि नै युद्धविराम तोडेको आरोप लगाएको हाे ।

बुधबार इजरायली सेनाले दक्षिणी सहर टायरमा हवाई आक्रमण गरेको थियो । त्यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु ले दक्षिणी लेबनानमा जारी स्थल कारबाही थप विस्तार गरिने घोषणा गर्नुभएकाे थियाे । उहाँले उत्तरी इजरायलका नागरिक तथा सीमावर्ती क्षेत्रमा रहेका इजरायली सैनिकमाथि हिजबुल्लाहले ड्रोन आक्रमण गरेपछि सैन्य अभियान तीव्र पारिएकाे बताउनुभयाे ।

आईडीएफले गत २४ घण्टामा नौ वटा स्थान अलग–अलग खाली गर्ने चेतावनी जारी गरेको छ । यसले इजरायल–लेबनान सीमामा ठूलो सैन्य तनाव र पुनः व्यापक विस्थापनको खतरा बढाएको छ । तायर सहरका बासीन्दाले आक्रमणको त्रासबीच आफ्ना घर छाेड्न थालेका छन् ।