काठमाडाैं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बिहीबार देशैभरका मस्जिदमा विविध कार्यक्रम गरी मनाइँदैछ ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७९औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहेकाे हाे । मुस्लिम धर्मावलम्बीले बिहीबार बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा रहेकाे छ । नमाज पढिसकेपछि एक-आपसमा शुभकामना आदानप्रदान गरिन्छ ।
साेही अवसरमा दरबारमार्गमा रहेको नेपाली जामे मस्जिद, काश्मिरी मस्जिद लगायत देशैभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेकाे छ । हिजरी सम्वत अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।
यस पर्व शनिबार शनिबारसम्म मनाइन्छ । बकर इदको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा समेत दिएको छ । शुक्रबार गणतन्त्र दिवस तथा त्यसपछि शनिबार र आइतबार भएकाले बिहीबारदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको हाे ।










प्रतिक्रिया दिनुहोस्