काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वीभू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
बिहीबार बिहान कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको हाे।मधेश प्रदेशमा आंशिक बादल लागेको छ । साथै बाँकी तराई भू-भागमा भने मुख्यतया सफा रहेको हाे। कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भैरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
त्यस्तै, बिहीबार दिउँसो भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी-तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको हाे। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।
त्यस्तै, बिहीबार राति भने देशभर साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी, कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको हाे। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्