काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ।
मंगलबार तोलामा एक हजार तीन सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला एक हजार रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ।मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ। चाँदी मंगलबार प्रतितोला पाँच हजार ६० रूपैयाँमा कारोबार भएको थियाे । चाँदी बुधबार तोलामा पाँच हजार ८० रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला २० रूपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार पाँच सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।










प्रतिक्रिया दिनुहोस्