काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वीभू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
बुधबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेकाे हाे। साथै बाँकी तराई भू-भागमा भने मुख्यतया सफा रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागको केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भैरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे।
त्यस्तै, बुधबार दिउँसो भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे । तराई भू-भागमा मुख्यतया सफा रहनेछ। कोशी, मधेश,बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी-तराईका भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको हाे।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी भू–भागका केही स्थानहरूमा अपराह्न पछि हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
त्यसैगरी, बुधबार राति भने कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश र बाँकी हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे । साथै तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी, मधेश र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ।
मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी भू–भागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।










प्रतिक्रिया दिनुहोस्