Logo १३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026


काठमाडाैंकाे मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने

आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने विद्युत प्राधिकरणकाे लक्ष्य

52
Shares

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले काठमाडाैंकाे मध्यभागमा १ सय ३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ ।

प्राधिकरणले चक्रपथभित्र सहज रूपमा विद्युत उपलब्ध गराउने लक्ष्यका साथ यो प्रसारण लाइन निर्माण हुन लागेकाे हो । जसले विद्युत खपत बढाउने र शहरमा सौन्दर्य अभिवृद्धि पनि गर्ने जनाएकाे हाे । प्रस्ताव बमोजिम बालाजु महाराजगञ्ज–राजदरबार–रत्नपार्क हुँदै सिंहदरबारसम्म यो प्रसारण लाइन जोडिनेछ ।

बालाजु सबस्टशेनदेखि सिंहदरबारसम्म जोडिने यो प्रसारण लाइनको लम्बाइ ११ दशमलव ९२ किलोमिटर रहनेछ । डलब सर्किट यो प्रसारण लाइन आगामी ३ वर्षभित्र निर्माण सम्पन्न हुने भएकाे हाे ।

त्यस्तै, महाराजगञ्जमा १३२/११ केभी राजदरबारमा १३२/११ केभी क्षमताको सबस्टेशन निर्माण हुनेछ । त्यस्तै, रत्नपार्कमा १३२/११ केभी र सिंहदरबारमा १३२/६६र११ केभी क्षमताको सबस्टेशन पनि निर्माण हुने भएकाे हाे । प्राधिकरणले यसअघि रत्नपार्क महाराजगञ्ज क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण गरिसकेको छ ।

काठमाडाैं र ललितपुरका विभिन्न क्षेत्रमा समेत भूमिगत प्रसारण लाइन निर्माणको क्रममा रहेकाे प्राधिकरणले जनाएकाे हाे ।