Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


लमजुङमा मह शिकारको माहौल (भिडियो रिपोर्ट)


0
Shares

खुसीमाया गुरुङ, लमजुङ । लमजुङको पहिचान अब हिमाल र पदयात्रामा मात्र सीमित छैन ।

यहाँका डरलाग्दा भीर पहरामा ज्यानको बाजी थापेर ’तरल सुन’ अर्थात् भिरमौरीको मह काढ्नु एउटा मौलिक र साहसिक संस्कृति बनिसकेको छ । कुनै समय हनि हन्टिङ जस्तो चर्चित डकुमेन्ट्री बनेपछि चर्चामा आएको लमजुङको मह शिकार अहिले पर्यटन र ब्यबसायिक रुपमा अगाडी बढाउने काम भएको छ ।

लमजुङको क्व्होलासोँथार, मर्स्याङ्दी र दोर्दी गाउँपालिकाका भीरहरूमा अहिले मौरीको भुनभुन र शिकारीहरूको चहलपहल बढेको छ । स्थानीयका लागि यो केवल परम्परा मात्र होइन, आम्दानी र संस्कृतिको संगम पनि हो । डोरीको भरमा पाताल देखिने भीरमा झुण्डिएर मह शिकार गर्नु यहाँको पुस्तौँदेखिको चलन हो ।