एजेन्सी । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस बाहिर भएको गोलीकाण्डमा सुरक्षा निकायका एजेन्टहरूमाथि गोली प्रहार भएकाे छ ।
एजेन्टमाथि गोली प्रहार गर्ने एक संदिग्ध व्यक्तिको घटनास्थलमै ज्यान गएको अमेरिकी सुरक्षा निकायले जनाएको हाे। साेही घटनामा एक सर्वसाधारण व्यक्ति पनि घाइते भएका छन्। ह्वाइट हाउसको उत्तरी भाग नजिक गोली चलेपछि ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको थियो । घटनाको क्रममा लगातार गोली चल्दा वरपरको क्षेत्रमा त्रास फैलिएको थियो ।
घटनापछि ह्वाइट हाउसलाई अस्थायी रूपमा ‘लकडाउन’ गरिएको हाे । यद्यपि पछि उक्त लकडाउन हटाइएको अधिकारीहरूले पुष्टि गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साेही समयमा ह्वाइट हाउसमै रहनुभएएको समाचारमा उल्लेख गरिएकाे छ ।
घटनाको विस्तृत अनुसन्धान जारी रहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका हुन् ।










प्रतिक्रिया दिनुहोस्