काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ।
बुधबार तोलामा तीन हजार तीन सय रूपैयाँले घटेको सुनको मूल्य बिहीबार प्रतितोला एक हजार आठ सय रूपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला दुई लाख ९३ हजार आठ सय रूपैयाँमा काराेबार भइरहेको महासंघले जनाएकाे छ। बुधबार सुन प्रतितोला दुई लाख ९२ हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बुधबार प्रतितोला चार हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी बिहीबार तोलामा पाँच हजार ५० रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा प्रतितोला ९० रूपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस चार हजार पाँच सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।










प्रतिक्रिया दिनुहोस्