Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


प्रधानमन्त्रीले संसदमा नबोलेसम्म विरोध जारी रहन्छ : हर्कराज साम्पाङ


117
Shares

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जिम्मेवार र उत्तरदायी नहुञ्जेलसम्म संसदमा आफ्नो पार्टीको विरोध जारी रहने बताएका छन् ।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको गृहमन्त्री समेत प्रधानमन्त्री स्वयं भएको उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धीत प्रश्नहरुको जवाफ दिनुपर्नेमा जोड दिएका छन्।

उनले गृह मन्त्रालयमाथि सुकुम्बासी बस्ती खाली गराए लगायतका विषयमा प्रश्न उठेको भन्दै त्यसको जवाफ संसदमा दिनुपर्ने बताएका छन् । उनले भने, ‘हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ । यदि सरकारको आलोचना गर्दैमा र संसदप्रति उत्तरदायी बनाउने कुरा आएकै आधारमा निलम्वन गरिन्छ भने पनि हामी रेडी छौँ ।’ उनले सरकारको आलोचना गरेकै आधारमा निलम्वन गरिन्छ भनेपनि आफूहरु तयार रहेको बताएका छन् ।