Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


श्रम शक्ति पार्टीका सांसदलाई आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन सभामुख अर्यालको चेतावनी


130
Shares

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले श्रम शक्ति पार्टीका सांसदहरुलाई आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिनुभएको छ ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाकाे बैठकमा पनि सोही पार्टी अध्यक्ष हर्कराज राईसहितका सांसदहरुले प्लेकार्ड देखाएर बैठक अवरुद्ध पारेपछि सभामुख अर्यालले यस्ताे चेतावनी दिनुभएको हो । सभाको मर्यादा विपरित संसदमा प्लेकार्ड देखाउने र अभद्र व्यवहार देखाउने गरेकोले उक्त पार्टीका सांसदहरुलाई प्रतिनिधिभास नियमावली, २०७९ को नियम ३० बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिनुपरेको सभामुख अर्यालकाे दावी छ।

उक्त पार्टीका सांसदहरुले दैनिक रुपमा प्रधानमन्त्री बालेन्द्र शाहको विरोध गर्दै बैठकमा अवरोध गर्दै आएका हुन् । अध्यक्ष राईले बैठक कक्ष नै छोडेर पनि हिँड्नुभएको छ ।