Logo ६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026


प्रतिनिधि सभाको बैठक आज पनि बस्दै (कार्य-सूचीसहित)

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन र मतदाता नामावलीसहित दुई विधेयक प्रस्तुत गरिंने

0
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्ने भएकाे छ ।

संघीय संसद सचिवालयले बैठक बुधबार बिहान ११ बजे बस्ने जनाएकाे हाे । बैठकमा प्रधानमन्त्री तथा गृह मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले “प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेकाे छ ।

साथै, “मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे हाे ।

यसअघि मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल भएको थियो । साेही छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ समेत दिनुभएकाे हाे।

गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा .वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएकाे थियाे।