Logo ६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026


आईपीएल क्रिकेटमा राजस्थान रोयल्सकाे लखनउ जायन्ट्समाथि शानदार जित

आईपीएल क्रिकेटमा आज कोलकता राइडर्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदै

0
Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ ।

जयपुरमा मंगलबार राति भएकाे खेलमा लखनउले दिएको २ सय २१ रनको लक्ष्य राजस्थानले १९ ओभर १ बलमा ३ विकेट गुमाउँदै २ सय २५ रन बनाएर पूरा गरेकाे हाे । याे जितसँगै राजस्थान १४ अङ्कसहित तालिकाको चाैथाे स्थानमा उक्लिएको छ । साथै राजस्थानले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । लखनउ ८ अङ्कसहित तालिकाको पुछारमा रहेकाे हाे।

राजस्थानका लागि वैभव सूर्यवंशीले ९३ रन बनाएका थिए । पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २ सय २० रन बनाएको थियो । लखनउका लागि मिचेल मार्शले ९६ रन तथा जोश इङ्ग्लिसले ६० रन बनाएका छन् । राजस्थानका स्पिनर यश राज पुन्जाले २ विकेट लिएका थिए ।

साथै आईपीएल क्रिकेटमा बुधबार कोलकता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुने भएकाे छ। साेही खेल बुधबार राति पौने ८ बजेदेखि इडन गार्डेनमा हुने भएकाे हाे ।