Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ गतेदेखि शुरू हुने

अधिवेशनमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिंने

13
Shares

काठमाडाैं । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यहि जेठ ११ गतेदेखि शुरु हुने भएको छ ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको हाे । सचिवालयले मंगलबार एक सूचना जारी गर्दै यहि जेठ ११ गते सोमबार दिउँसाे २ बजेदेखि प्रदेशसभा भवन पोखरामा अधिवेशन आरम्भ हुने जानकारी गराएकाे छ ।

बर्खे अधिवेशनका रूपमा समेत लिइने बजेट अधिवेशनमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत हुने सचिवालयले जनाएको हाे ।