काठमाडौं । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हाई क्याम्प क्षेत्रमा घुम्न गएका एक व्यक्ति वेपत्ता भएपछि गरिएको खोजी अभियानका क्रममा मृत अवस्थामा फेला परेका छन्।
नेपाली सेनाका अनुसार खोज तथा उद्धारका लागि नेपाली सेना अन्तर्गत श्री महावीर गण (रेञ्जर) बाट खट्टिएको टोलीले मोदीखोला साइडको भीर तथा खोँच क्षेत्रमा खोजी गर्ने क्रममा मृतकको शव फेला पारेको हो।
सेनाको टोलीले अन्य सुरक्षा निकायसँग समन्वय गरी दुर्गम खोँचबाट शवको उद्धार गरेको जनाएको छ। उद्धारपछि शवलाई सिभिल हवाई साधनमार्फत पोखरा ल्याइएको थियो। त्यसपछि नेपाली सेनाको हवाई साधन प्रयोग गरी शव काठमाडौं ल्याइएको सेनाले जानकारी दिएको छ।










प्रतिक्रिया दिनुहोस्