Logo ५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026


प्रस्तावित प्रधानन्यायाधीश शर्माकाे सुनुवाई प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन ढिलाइ गर्न हुँदैन: सभापति श्रेष्ठ

न्यायालयको निकासका लागि समयमै निर्णय लिन आवश्यक

0
Shares

काठमाडाैं । संसदीय सुनुवाई समितिका सभापति बाेधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाई प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन ढिलाइ गर्न नहुने बताउनुभएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकमा बोल्दै सभापति श्रेष्ठले न्यायालयमा व्याप्त अन्योल अन्त्य गर्न समयमै निर्णय लिनुपर्नेमा जोड दिनुभएकाे हाे । बैठकको कार्यतालिका केही अगाडि सारिएको विषयमा स्पष्ट पार्दै उहाँले यसलाई हतारोका रूपमा बुझ्न नहुने उल्लेख गर्नुभयो । सदस्यहरूले अध्ययनका लागि समय अभाव भएको भनी उठाएको जिज्ञासामा सभापति श्रेष्ठले उजुरीकर्ताहरूसँगको छलफलले विषयवस्तुलाई थप प्रस्ट पार्ने बताउनुभएकाे छ ।

सभापति श्रेष्ठले उजुरीकर्ताहरूको भनाइ सुनेपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई सोधिने प्रश्नहरू तयार गर्न र विषयको गहिराइमा पुग्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । प्रस्तावित प्रधानन्यायाधीशले प्रश्तुत गर्ने कार्ययोजनामाथि पर्याप्त छलफल र प्रश्नोत्तर गरिने उहाँको भनाइ छ । सुनुवाईको नतिजाका सम्बन्धमा चर्चा गर्दै सभापति श्रेष्ठले समितिले योग्यता र क्षमताका आधारमा सिफारिस गर्ने वा अस्वीकृत गर्ने दुवै विकल्प खुला रहेको प्रस्ट पार्नुभयो ।…

सभापति श्रेष्ठले सर्वोच्च अदालत लामो समयदेखि नेतृत्वविहीन रहेको र आन्तरिक द्वन्द्वमा फसेको उल्लेख गर्नुभएकाे छ। उहाँले ढिलाइ गर्दा समस्या थप जटिल बन्न सक्नेप्रति सचेत गराउनुभयाे ।