एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र चीनबीचको सम्बन्ध हालसम्मकै अभूतपूर्व र ऐतिहासिक उचाईमा पुगेको दावी गर्नुभएकाे छ।
चीनको राजकीय भ्रमणमा जानुअघि मंगलबार एक भिडियो सन्देश जारी गर्दै उहाँले यस्तो दावी गर्नुभएकाे हाे । सम्बोधनका क्रममा राष्ट्रपति पुटिनले दुई देशबीचको वर्तमान सम्बन्धको चर्चा गर्नुभएकाे छ। उहाँले दुई राष्ट्रबीच नियमित रूपमा हुने आपसी भ्रमण र उच्चस्तरीय वार्ताहरू द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने साझा प्रयासका अभिन्न अंग भएको उल्लेख गर्नुभयो ।
राष्ट्रपति पुटिनले यस्ता संवादहरूले दुई देशबीचको सम्बन्धका सम्पूर्ण पक्षहरूलाई प्रवद्र्धन गर्न र यसमा रहेका असीमित सम्भावनाहरूकाे उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने समेत बताउनुभएकाे छ।










प्रतिक्रिया दिनुहोस्