काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक मंगलबार पनि बस्दैछ ।
प्रतिनिधिसभा बैठक मंगलबार बिहान ११ बजे र राष्ट्रियसभाकाे बैठक भने दिउँसो सवा १ बजे बस्ने संसद सचिवालयले जनाएकाे हाे। दुवै सदनका बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची छ ।
गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएकाे थियाे। छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डा. वाग्लेले जवाफ दिनुहुने भएकाे छ।










प्रतिक्रिया दिनुहोस्