ओखलढुंगा ।
इमेज टेलिभिजनकी ओखलढुंगा संवाददाता शुभकला राई ‘क्रियाशील पत्रकारिता पुरस्कार २०८३’ बाट सम्मानित भएकी छिन् ।
नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाको वार्षिक साधारण सभाको अवसरमा संवाददाता राईलाई सम्मानित गरिएको हो । महासंघले राईसँगै जिल्लाका अन्य दुई क्रियाशील पत्रकारहरू अन्नपूर्ण पोस्ट दैनिकका संवाददाता शिवप्रसाद ढुंगाना र भिजन एफएमकी बुङातुङ चाम्लिङ राईलाई पनि सोही सम्मानित गरेको छ ।
सम्मानित तीनै जना पत्रकारहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल र विशेष अतिथि नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरतबहादुर खड्का लगायतका अतिथिहरूले जनही नगद रु ५ हजार ५ सय ५५ सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा दुर्गम र चुनौतीपूर्ण भूगोलमा बसेर पनि आम नागरिकका आवाजलाई सञ्चारमाध्यमबाट उठाउन भूमिका खेल्ने पत्रकारहरूको भूमिकाको प्रशंसा गरिएको थियो ।
यस्तै साधारणसभाकै अवसरमा पत्रकार महासंघ ओखलढुंगा शाखाको आफ्नै भवन निर्माण कार्यमा आर्थिक सहयोग र योगदान पुर्याउने पत्रकारहरूलाई पनि सम्मान गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्