काठमाडाैं । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्स प्रालिले गर्मीयाम बढेसँगै उत्पादनहरु भण्डारण तथा प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
कम्पनीले साेमबार एक सन्देश जारी गर्दै गर्मियाम बढेसँगै पसल तथा काउन्टरहरूमा मालसामान राख्दा चर्को घामको कारण गुणस्तरमा फरक पर्न जाने सम्भावना हुने जनाएकाे हाे । देशभरका यशोदा फुड्सका विक्रेताहरुलाई आफ्नो उत्पादनहरू घाम पानी नपर्ने स्थानमा भण्डारण गर्न र सोही तरिकाले बिक्री वितरण गर्न कम्पनीले सचेत गराएको छ ।
नेपाली उद्योगलाई विश्वमा पहिचान बनाउन सबैको साथ र सहयोग रहनुपर्ने कम्पनीको अपेक्षा छ । उपभोक्ताहरुले पनि यस उद्योगका उत्पादन उपभोग गर्दा उत्पादन मिति र म्याद सकिएको मिति चेकजाँच गरेर मात्र प्रयोग गर्न उद्योगले अपिल समेत गरेको हाे ।
कम्पनीले हजारौं नेपाली नागरिकलाई रोजगारी तथा कृषि क्षेत्रमा समेत योगदान गरिरहेको स्मरण समेत गरेकाे छ । कम्पनीले विश्वका २२ भन्दा बढी मुलुकहरूमा आफ्ना उत्पादन निर्यात गरी समग्र अर्थतन्त्रमा सकारात्मक योगदान गरिरहेको जिकिर गरेको छ।










प्रतिक्रिया दिनुहोस्