Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


१९ लाख रूपैयाँ बढीको अवैध सामानसहित २ जना पक्राउ


0
Shares

काठमाडाैं । सशस्त्र प्रहरीले सिराहाकाे नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा ईलाकाबाट करिब १९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको सामान र ट्रकसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

सोही ठाउँ बस्ने ५० वर्षीय राजेश यादव र ३९ वर्षीय आनन्द यादवलाई नं. ७ गण सिराहाबाट खटिएको गस्ती टोलीले शनिबार राति नियन्त्रणमा लिएको जनाएकाे हाे । प्रहरीले स १ ख ५३५ नम्बरको ट्रकमा राखेर नेपालबाट अवैध रूपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मूल्य बराबरको कस्मेटिक सामान, टुथ पेस्ट र २ सय ६० केजी ओखरसहित ट्रक समेत विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको छ । ट्रकको अन्दाजी मूल्य २१ लाख रहेको हाे ।

नियन्त्रणमा लिएकाहरू ट्रकका चालक र सहचालक रहेका रहेका छन् । नियन्त्रणमा लिएका दुवै जनालाई नेपाल प्रहरीलाई बुझाइएको टाेलीले जनाएकाे हाे। बरामद सामान भन्सार बुझाउने प्रक्रियामा रहेको जनाइएकाे छ ।