Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या


0
Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा चक्कु प्रहार गरि एक जनाको हत्या भएको छ ।

महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले घरायसी विवादमा आफ्नो सालो पर्ने महोत्तरीकै अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीलाई चक्कु प्रहार गरी हत्या गरेका हुन् । चक्कु प्रहारबाट घाइते मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पताल लगिएकोमा उपचारको क्रममा शनिबार राति साढे ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंले चक्कु प्रहार गर्ने समी अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको जनाएकाे छ ।