Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


अमेरिका र इरानबीचकाे शान्ति वार्ताका लागि प्रयास जारी

पाकिस्तानी मन्त्री मोहसिन तेहरान पुगे

13
Shares

एजेन्सी । युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरानबीचको शान्ति वार्तालाई सहजीकरण गर्न पाकिस्तानका आन्तरिकमामिला मन्त्री तेहरान पुग्नुभएकाे छ।

पाकिस्तानी आन्तरिक मामिलामन्त्री मोहसिन नक्वी दुई दिने औपचारिक भ्रमणका लागि शनिबार इरानमा पगेकाे इरानी तस्निम न्यूज एजेन्सीले जनाएकाे हाे । पाकिस्तानले क्षेत्रीय शान्ति प्रवद्धन गर्न जारी गरेको प्रयासको एक हिस्साको रूपमा उहाँ शनिबार इरान पुग्नुभएकाे छ । पाकिस्तानका प्रभावशाली सेना प्रमुख फिल्ड मार्शल असिम मुनिरको तेहरान भ्रमणको केही दिनपछि इरानका गृहमन्त्री इस्कान्दर मोमेनीले नाक्वीलाई स्वागत गर्नुभएकाे हाे ।

इस्लामावादले इरान र अमेरिकाबीचको शान्ति वार्तामा सक्रिय रूपमा मध्यस्थता गरिरहेको छ । पाकिस्तानले गत महिना दुबै पक्षका प्रतिनिधिहरूबीच उच्चस्तरीय बैठक आयोजना गरेको थियो। गत अप्रिल ८ तारिखदेखि शुरु भएको युद्धविरामले फेब्रुअरी २८ तारिखमा अमेरिका र इजरायली सेनाले इरानमाथि आक्रमण गरेपछि शुरु भएको युद्धविरामलाई रोकेको छ ।

यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले वासिङ्टनबाट तेहरानलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन वार्ताका लागि इच्छुक रहेको सन्देश प्राप्त भएको बताउनुभयाे ।