काठमाडाैं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माणधिण सिद्धवावा सुरुङमार्गको स्थलगत अनुगमन गर्नुभएको छ ।
मन्त्री लम्सालले सुरुङमार्ग निर्माणमा भइरहेको प्रगति तथा निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिनुभएको थियो ।
उहाँले निर्माणलाई तिव्रता दिन निर्देशन दिनुभयो । निर्माणका समयमा कुनै समस्या देखिएमा पनि तत्काल मन्त्रालयमा जानकारि गराउन आग्रह गर्नुभयो ।
मन्त्री लम्साल मन्त्रालयका कर्मचारी तथा सडकविभागका महानिर्देशकसहित सुरुङमार्गको स्थलगत अनुगमनको लागी पुग्नुभएको थियो ।
सिद्धार्थ राजमार्ग निर्माणाधिण सुरुङमार्ग सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०८३ चैत्र भित्र निर्माण सक्नेगरि सुरुङमार्गको काम गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्