काठमाडौं । ओपनर कुशल भुर्तेल को अविजित शतकमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकालाई ९ विकेटले हराएको छ ।
१९६ रनको लक्ष्य नेपालले ३६.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । कुशलले ११७ बलमा १२० रनको अविजित इनिङ्स खेल्दै १३ चौका र ४ छक्का प्रहार गरे । उनले आसिफ शेख सँग पहिलो विकेटका लागि १४५ रनको साझेदारी गरे । आसिफले ५९ रन बनाए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले १९५ रन बनाएको थियो । अमेरिकाका लागि स्मित पटेल ले सर्वाधिक ८४ रन बनाए । नेपालका लागि दीपेन्द्रसिंह ऐरी ले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट लिए । नेपालले अब सोमबार स्कटल्याण्डसँग खेल्नेछ ।










प्रतिक्रिया दिनुहोस्