Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


राष्ट्रिय खेलकुद परिषदद्वारा एन्फामाथिको निलम्बन फुकुवा


0
Shares

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथिको निलम्बन फुकुवा गरेको छ ।

राखेपले  शुक्रबार निःशर्त एन्फामाथिको निलम्बन फुकुवा गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका हुन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राखेपका सदस्य सचिव रामचरित्र मेहता तथा एन्फाका पदाधिकारीसहितको बैठकले निलम्बनको निर्णय फिर्ता लिने निर्णय गरेको हो ।

यसअघि स्वीकृतिविना नै चुनाव गर्न लागेको भन्दै राखेपले गत चैत १२ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । निलम्बनपछि एन्फा नेतृत्वले चैत १३ गतेका लागि तय भएको चुनाव स्थगित गरेको थियो ।

एन्फामाथिको निलम्बन फिर्ता लिन अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी ले पनि राखेपलाई आग्रह गरेका थिए ।